पूर्व अर्थमन्त्री पाण्डेले गरे डुवान क्षेत्रको निरीक्षण, गराए जोखिम रोक्न सम्बन्धीत क्षेत्रलाई ध्यानाकर्षण

चितवन समाचार डटकम
२७ असार ।

पूर्वी चितवनको विभिन्न स्थानमा हुने बाढी प्रभावित क्षेत्रको पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आज निरीक्षण गर्नु भएको छ ।

बाढीले क्षती पार्ने स्थानको दिनभरी उहाले निरीक्षण गर्नु भएको हो । राप्ती, खैरहनी र रत्ननगर नगरपालिकाको विभिन्न क्षेत्रमा निरीक्षण गरेपछि जोखिम रहेको स्थानमा तत्काल सुरक्षा प्रबन्ध गर्न सम्वन्धीत क्षेत्रलाई ध्यानाकर्षण गराउनु भएको छ । चितवनको निर्वाचन क्षेत्र नंं १ का सांसद समेत रहनु भएका पाण्डेले भन्नु भयो ‘दर्जन बढी स्थानमा बाढीको जोखिम देखियो, अहिलेको अबस्था रही रहे जुनसुकै बेला वस्तीमा पानी पस्छ ।’

अवस्था जोखिम भएपछि प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, जनपथ प्रहरी, शसस्त्र प्रहरी र केन्द्रीय दैवी प्रकोपलगायतको स्थानमा जानकारी गराइ सुरक्षा प्रदान गर्न पहल गरेको बताउनु भयो । पाण्डेले सौराहाको राप्ती किनार, बद्रेनी, सपना भिलेज, चित्रसारी क्षेत्र, पम्फा खोला, कठारको विभिन्न क्षेत्र, लदरा खोला, ढुङग्रे खोला, पर्सा बजारलगायतको स्थानमा निरीक्षण गर्नु भएको छ । सो क्षेत्रमा जोखिम कायम रहेको जानकारी दिनु भयो ।

पाण्डेसंगै प्रदेश सांसद कृष्णप्रासद खनाल, अन्य जनप्रतिनिधिहरु सहभागी हनुभएको थियो । डुवान क्षेत्रमा रहेका होटल तथा घरको सामग्री हटाएर सुरक्षित स्थानमा राखी सकेको छ । अहिले साँझसम्म कुनैपनि मानवीय क्षती नभएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बाढी प्रभावित क्षेत्रमा भने सचेत रहन अनुरोध गरेको छ ।

शेयर गरौ

ताजा अपडेट