चितवन, २७ असार :
लिडरसिप कर्नरले युवा बर्गलाई लक्षितगरी भरतपुर ११ जागृतीचोकमा रहेको धावन रिक्रयशनमा आज नेतृत्व विकास सम्बन्धि एकदिने कार्यक्रम हुँदैे छ ।
कार्यक्रममा युवाहरुका लागि नेतृत्व विकास,ब्यक्तित्व बिकास,निर्णायात्मक क्षमता लगायत अन्य विविध महत्वपूर्ण जीवनोपयोगी सिपहरु सिकाईने बताइएको हो ।
कार्यक्रममा कक्षा ११ देखी स्नातकोत्तर अध्ययन गरिरहेका बिद्यार्थी तथा अविभावकहरु समेत सहभागी हुन सक्ने लडरसिप कर्नरका चितवन संयोजक प्रशान्त बिक्रम सापकोटाले जानकारी दिनुभयो ।
नेतृत्व विकास कार्यक्रममा मुख्य प्रशिक्षकका रुपमा अब्दुस मिया लगायत मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल, सिभिल सोसाईटि लिडर निगम हुमागाईं, डा।सूर्यराज आचार्य, सि।ए बिशाल भट्टराईले नेतृत्व विकासका बारेमा जानकारी गराउनुहुनेछ ।
कार्यक्रम बिहान ११ बजे देखि दिउसो ३ बजे सम्म भरतपुर ११ जागृतीचोकमा रहेको धावन रिक्रियसनमा सञ्चालन हुनेछ ।
कार्यक्रममा निशुल्क प्रवेशको ब्यवस्था गरिएको कार्यक्रमका संयोजक प्रशान्त बिक्रम सापकोटाले जानकारी दिनु भयो ।


