चितवन २६ असार ।
पूर्व अर्थमन्त्री तथा चितवनको निर्वाचन क्षेत्र नंं १ का सांसद सुरेन्द्र पाण्डेले आन्तरिक राजश्व कार्यालय भरतपुरमा राजश्व संकलनको पछिल्लो अवस्थाको विषयमा जानकारी लिनु भएको छ ।
राज्यले लिएको लक्ष्य अनुसार राजश्व संकलन भए नभएको विषयमा जानकारी लिनु भएको हो । आन्तरिक राजश्व कार्यालय भरतपुरले गएको चालु आर्थिक वर्षको जेठसम्म लक्ष्य भन्दा धेरै राजश्व संलकन गरेको छ । राजश्वको शीर्षक अनुसार संकलनमा समस्या, उठ्ने दरको विषयमा जानकारी लिएको आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख शुवप्रसाद रिजालले जानकारी दिनु भयो ।
भरतपुर कार्यालयमा अन्तशुल्कबाट सबैभन्दा धेरै राजश्व संकलन हुने गरेको छ । कार्यालयले गएको एघार महिनामा २८ अर्ब ४६ करोड दुइ लाख रुपैया राजश्व संकलन गर्न सफल भएको छ ।
चालु आर्थिक वर्षको जेठ महिना भित्रमा लक्ष्य भन्दा ४.७८ प्रतिशत धेरै रकम संकलन गरेको हो । आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत रिजालले भन्नु भयो हामी कर संलकनमा सफल भएका छौ । लक्ष्य भन्दा धेरै संकलन भएको छ । यो अवधीमा २६ अर्ब ७६ करोड रकम संकलन गर्ने लक्ष्य रहेको थियो । त्यसलाई पूरा गरी एक अर्ब भन्दा धेरै रकम संकलन गर्न सफल भएका छौ ।
करदाताले आफूले तिर्नु पर्ने राजश्व तिरेकाले सफलता पाएको कार्यालयले जनाएको छ । कर छली गर्न खोजेकालाई तागेता गर्ने, वाध्यकारी व्यवस्था गर्ने, कर नतिर्नेलाई सूचना जारी गरेर नै बाध्य बनाएपछि कर बढेको प्रमुख रिजालले जानकारी दिनु भयो ।
कार्यालयका अनुसार पेय पदार्थबाट सबै भन्दा धेरै कर संकलन भएको छ । जस अनुसार २४अर्ब ७२ करोड संलन भएको हो । लक्ष्य २३ अर्ब ३७ करोड रहेको थियो । यस शीर्षकमा पनि लक्ष्य भन्दा ४.०१ प्रतिशत धेरै संकलन भएको छ । मुल्य अभिवृद्धि कर, इनकम टयाक्सलगायतबाट राजश्व उठेका छ ।


