मुद्रण उद्योगीको चिन्ता ः कर नेपालीलाई नाफा विदेशीलाई

चितवन २५ असार । छापाखानाका कच्चा सामग्रीलाई कर लगाउने तर तयारी सामग्री विना कर आयात हुदा नेपाली मुद्रण उद्योग धरासायी भएको यसमा सम्लग्नहरुले गुनासो गरेका छन् ।
विदेशमा छापिएर आएका पुस्तकलाई विना कर नेपाल आउन दिने तर त्यही पुस्तक छाप्नको लागि आउने कच्चा सामग्रीमा भने कर लाग्दै आएको छ । नेपालमा हुने यस्ता व्यवस्थाले गर्दा नेपाली मुद्रण उद्योग धरासायी भएको नेपाली मुद्रण उद्योगीहरुले चिन्ता व्यक्त गरेका छन् ।
नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष खोमकान्त रेग्मीले भन्नु भयो ‘वर्षौदेखि भएको यो व्यवस्था आउदो आर्थिक वर्षबाट केही सुधार हुने संकेत देखिएको छ ।’ रेग्मीले भन्नु भयो ‘हामी कच्चा सामग्री ल्याएर यहाँ प्रिन्ट गर्छौ तर तयारी सामग्री किताब आउदा कर लाग्दैन यो नीति राम्रो होइन ।’ सरकारको विभेदकारी नीतिको विरोधमा हामी लडिरहेका छौ उहाले भन्नु भयो आउदो वर्षबाट विदेशबाट आयात हुने पुस्तकमा १० प्रतिशत कर लगाउने व्यवस्था स्वागत योग्य छ ।
मुद्रण उद्योगका अनुसार कागज र मसीमा नेपाल सरकारले २८ प्रतिशत कर लगाएको छ । पछिल्ला वर्षहरुमा मुद्रण उद्योगको सख्या नेपालमा बृद्धि हुदै गएको छ । चितवनमा मात्रै यस उद्योगमा २६ करोड भन्दा धेरै लगानी भएको छ । नेपालभरीमा सयौ मुद्रण उद्योग रहेको छ । नेपालमा ८५ अर्ब भन्दा धेरै लगानी भएको भएको छ भने लाखौले रोजगारी पाएका छन् । पुस्तक भन्दै अहिले भारतीय प्रेसमा छापिएर क्यालेन्डर, औषधिका बट्टादेखि चियापत्तीका खोलसमेत छापिएर आउने गरेको मुद्रण व्यवसायीको भनाइ छ । मुद्रण व्यवसायीले उठाएको माग पूरा भएमा यहाँका उद्योगहरु फस्टाउने छन् ।

शेयर गरौ

ताजा अपडेट