चितवन समाचार डटकम
२४ असार ।
चितवन जिल्लामा विगतमा भन्दा यस वर्ष एसईई परीक्षामा विद्यार्थीको गुणस्तरमा वृद्धि भएको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयले दावी गरेको छ ।
यस वर्षको नतिजामा माथिल्लो जीपीए ल्याउने विद्यार्थीको सख्या बढेको कार्यालयले जनाएको छ । शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय चितवनका प्रमुख भूमिलाल सुवेदीले भन्नु भयो ‘३.६५ देखि ४ जीपीए अर्थात ए प्लस ल्याउने विद्यार्थीको सख्या यस वर्ष आठसय ९ जना छन् ।’ गर्त वर्ष ६ सय ९० जनाले मात्र ए प्लस ल्याएका थिए भने यस वर्ष एकसय १९ जना धेरैले ए प्लस ल्याएका छन् ।
२०७४ को एसईईको परीक्षामा एघार हजार ७ सय ६४ विद्यार्थीले परीक्षा दिएकोमा यस वर्ष एघार हजार १ सय ९९ जना परीक्षामा सहभागी भएका थिए । यस वर्ष ५ सय ६५ जना विद्यार्थी कमी भएपनि नजिता राम्रो आएको प्रमुख सुवेदीले बताउनु भयो । ‘विद्यार्थीको सख्या यो वर्ष घटेको छ तर गुणस्तरमा वढेको पाएका छौ ’ सुवेदीले भन्नु भयो ।
गएको वर्ष भन्दा यस वर्षको परीक्षामा हरेक जीपीएमा विद्यार्थीको सख्या वृद्धि भएको पाइएको छ । गएको वर्ष ३.२५ देखि ३.७ ए जीपीए ल्याउने १८ सय विद्यार्थी थिए भने अहिले सोही जीपीए ल्याउनेमा १८ सय ८९ जना रहेका छन् । त्यस्तै गरी बी प्लस २.८५ देखि ३.२ जीपीए ल्याउनेहरुमा गत वर्ष २०७४ मा २ हजार ४५ जना रहेकोमा अहिले २२ सय ५४ जना रहेका छन् । त्यस्तै गरी वी ल्याउने विद्यार्थीको सख्या यस वर्ष दुइ हजार ४ सय ८८ जना रहेका छन् । गत वर्ष यही जीपीए ल्याउने विद्यार्थीको सख्या दुइहजार ३ सय ५८ रहेका छन् ।
जीपीए वढ्नुमा विद्यार्थीको मेहनत, अभिभावक, विद्यालयका शिक्षक स्थानीय निकायको निगरानी लगायतको कारण भएको समन्वय इकाइका प्रमुख सुवेदीले भन्नु भयो । सामुदायिक विद्यालय तर्फ नारायणी नमुना विद्यालय सबै भन्दा अगाडि आएको छ । यस विद्यालयबाट २ सय ८१ जनाले एसईई परीक्षा दिएका थिए । यसमा सरदर जीपीए ३.३१ रहेको छ । जिल्लाको सदरद जीपीए २.५२६ रहेको छ ।
जिल्लामा दुइसय २६ वटा माध्यमिक विद्यालय रहेका छन् । ती मध्य सामुदायिक तर्फ ९७, सस्थागत तर्फ १२२ र प्राविधि तर्फ ६ वटा छन् । जीपीए कम आएका विद्यार्थीले वढाउनको लागि अर्को परीक्षा दिने व्यवस्था छ ।
जिल्लाका दश उत्कृष्ट विद्यालयहरु
सामुदायिक विद्यालय तर्फ
१) नारायणी नमुना मावि भरतपुर
२) प्रेमवस्ती मावि भरतपुर
३) आदिकवि मावि नारायणगढ
४)जनजागृति मावि पिठुवा
५) हिमालय मावि चम्पानगर
६) वैरिया मावि रत्ननगर
७)जानकी मावि मेघौली
८) युवा मावि दिव्यनगर
९) जनकल्याण मावि माडी
१० साझापुर मावि मेघौली
सस्थागत विद्यालय तर्फ
१) लिटिल फ्लावर नारायणगढ
२) शैनिक आ मावि चैनपुर
३) एकता शिशु निकेतन रत्ननगर
४)वाल्मीकि शिक्षा सदन भरतपुर
५)सनराइज ई.बो.स्कुल भरतपुर
६)सिद्धार्थ ई.बो.स्कुल नारायणगढ
७)पञ्चकन्या विद्या मन्दिर रत्ननगर
८) विद्या विकास ई.बो.स्कुल लंकु
९) स्मल हेवन मोडन स्कूल आपटारी
१०) एसओएस हर्मन माइनर गौरिगञ्ज
प्राविधिक विद्यालय तर्फ
१) प्रभात मावि शुक्रनगर
२) भीमनगर मावि
३) माडी मावि
(उत्कृष्ट विद्यालयको सूचि स्रोत ः शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय चितवन)


