प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले टुइटरमा छौडा लेखेपछी

काठमाडौ २२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीमा प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आज बिहानै गरेको ट्वीट सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

उनले बिहानै एकदमै आक्रोसित हुँदै ट्वीटरमा लेखेका छन् : ‘भनिन्छ, छौंडाहरू आफैं चलमलाउँदैनन् कसैले छोड्छन्, दु:ख दिन्छन् ! यी छौंडाहरू आफैं चलमलाएका हुन् की कसैले छोडेका?’

उनको यो ट्वीटपछि सामाजिक सञ्जालमा बेग्लाबेग्लै टिप्पणी पनि आइरहेको छ । उनले किन लेखे । जिम्मेवार मान्छेले यस्तो कुरा सार्वजनिक गर्दा पर्ने प्रभाव किन हेरेनन् भन्ने टिप्पणी भइरहेको छ ।

नेकपाको संसदीय दलको बैठकमा आफ्नौ सांसदहरुले सरकारको कडा आलोचना गरेपछि आएको यो ट्वीटका विषयमा अहिले नेकपा वृत्तमा छलफल चलिरहेको छ ।

बैठकमा सांसदहरुले सरकारले भारतबाट आउने तरकारी र फलफूलको विषदी परिक्षण गर्न रोकेको विषयका चर्को आलोचना गरेका थिए । उनीहरुले सरकार भारतसामु झुकेको समेत आरोप लगाएका थिए । गुठी विधेयकलगायतमा विषयमा पनि सत्तारुढ दलका सांसदहरु आक्रामक देखिएका थिए ।

त्यसैतर्फ लक्षित गर्दै प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहाकार रिमालले छौंडा शव्दको प्रयोग गर्दै ट्वीट गरेका छन् । उनको यो ट्वीटमा प्रतिक्रिया जनाउने अधिकांशले रिमालको सोच,शैली र भाषा छनोटको चर्को विरोध गरेका छन् ।

हेर्नुहोस टुइट

शेयर गरौ

ताजा अपडेट