चितवन, असार २१ ।
एसईईको नतिजा पछि बिद्यार्थी र तिनका अभिभावक गुणस्तरिय पठनपाठन र राम्रो व्यबस्थापन भएको कलेजको खोजीमा हुनु स्वभाविक हो । यसबेला बिद्यार्थी र अभिभावकलाई कलेज र यसका बिषयमा स्पष्ट जानकारी उपलब्ध गराउनु एउटा राम्रो ब्यवस्थापन भएको कलेजको बिशेषता पनि हो ।

यसै कुरालाई मध्यनजर गरी रत्ननगरमा रहेको न्यु क्यापिटल कलेजले कक्षा ११ का लागि नव आगन्तुक बिद्यार्थी र तिनका अभिभावकलाई लक्षित गरी आज कलेजमा “ओपन डे फर ग्रेड ११” कार्यक्रम गरेको छ ।
कलेजका सेवा, बिशेषता, अवस्था आदिवारे स्टल बनाएर विद्यार्थी र अभिभावकलाई प्रत्यक्षरुपमा सविस्तार जानकारी गराइएको थियो ।
यस किसीमको जानकारी वाट बिद्यार्थी अभिभावक लाभान्वित भएको कलेज संग सहकार्य गरेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेसका सञ्चालक डिल्लीराम अधिकारीले जानकारी दिनुभयो ।
कलेजको शैक्षिक स्थिती, उपलब्ध संकाय , ल्याव, क्यान्टिन, बस्तुगत अवस्था आदिवारे विद्यार्थी र अभिभावकलाई प्रकाश पारिएको अधिकारीले जानकारी दिनुभयो ।
नयाँ कार्यक्रमहरु थप गरी एक्सपर्ट ग्रुप संग सहकार्य गरेपछि यस वर्ष भर्नाका लागि बिद्यार्थीको चाप बढेको छ ।
भर्नाको लागि आवेदन माग भएको केही दिनमा नै सयौं विद्यार्थीले आवेदन दिइसकेको कलेजले जनाएको छ ।
कलेज सञ्चालक समितिका अध्यक्ष गोविन्दप्रसाद पौडेलका अनुसार नयाँ कार्यक्रमहरु थप गर्दै एक्सपर्ट ग्रुपसँग सहकार्य गरेपछि न्युक्यापिटल विद्यार्थीहरुको रोजाइमा परेको हो । गत असार १ गते कलेज र एक्सपर्ट ग्रुपका बीचमा विभिन्न अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्न सहकार्य भएको थियो । कलेजको शैक्षिकस्तरलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन एक्सपर्ट ग्रुपसँग सहकार्य गरेपछि यस वर्ष गत वर्षको तुलनामा बढी विद्यार्थी आकर्षित भएको पौडेलले बताए ।
कलेजका प्रिन्सिपल भपेन्द्र धितालले भविष्यमा नेपालमा नै बसेर अष्ट्रेलिया र अमेरिका जस्ता विकसित देशको तहको शिक्षा कलेजमा विद्यार्थीहरुले पाउने दावी गरे ।
धितालले कलेजमा पब्लिक स्पिकिङ र विभिन्न प्रयोगात्मक अभ्यासका कार्यक्रमहरु थप गरिएको जानकारी दिए । धितालका अनुसार यसवर्ष कलेजले मानविकी संकाय पनि थप गरेको छ । कलेजमा होटल म्यानेजमेन्टका प्राविधिक विशेष कक्षाहरु सञ्चालनमा आइरहेका छन् ।
विसं २०५७ सालमा स्थापना भएको यो न्युक्यापिटल कलेजले दुईपटक विज्ञान र व्यवस्थापनमा नेपाल प्रथम हुन सफल भइसकेको छ । कलेजमा पूर्णतया एयर कन्डिसनसहितको कोठा, पर्याप्त खेलकुद मैदान, अत्याधुनिक लाइब्रेरी रहेको छ ।


