मनसुनको समयमा समेत पर्याप्त वर्षा नभएपछि धान रोपाई प्रभावित

काठमाडौ २० असार :

मनसुनको समयमा समेत पर्याप्त वर्षा नभएपछि धान रोपाईमा कमी आएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार अघिल्लो बर्षको तुलनामा यही अवधिमा यो बर्ष ५ प्रतिशतले रोपाइँमा कमी भएको हो । मुख्यगरी धानखेती हुने पूर्व र तराईका अधिकांश क्षेक्रमा मनसुन सत्रिय नभएकाले यो बर्ष धान रोपाइँको प्रतिशत न्युन देखिएको हो । मन्त्रालयका प्रवक्ता तेज बहादुर सुवेदीका अनुसार पछिल्लो साताको तथ्याङकमा मुलुकभर १५ प्रतिशतको हाराहारीमा मात्र रोपाइँ भएको छ ।

अघिल्लो वर्ष यहि समयमा २० प्रतिशत भन्दा बढि क्षेत्रफलमा धान रोपाई भएको थियो । सिँचाईको पर्याप्त ब्यबस्था नहुदा मनसुनकै भरमा खेती गर्नुपर्ने बाध्यतामा रहेका किसानहरु बर्षा नै नभएपछि थप चिन्तित भएका छन् । यसैबीच जल तथा मौसम पुर्वानुमान महाशाखाले नेपालमा मुनसुन सक्रिय हुन अझै केही दिन लाग्ने जनाएको छ । न्यून चापीय रेखा भारततर्फ मात्र देखिएकाले नेपालमा तत्काल बर्षा हुने संभावना कम रहेको मौक्ष्समविद् विभूती पोखरेलले जानकारी दिनुभयो । सो न्यून चापीय रेखा पश्चिम नेपालको नजिक रहेकाले त्यहाँ भने वर्षाको केही सम्भावना रहेको पोखरेलले बताउनुभयो ।

पुर्वी र तराईका जिल्लाहरुमा वर्षा हुन केही समय लाग्ने देखिएको उहाँको भनाई छ । यसैबीच साल्ट ट्रेडिङ कम्पनीले मलको अभाव पुर्तिका लागि वैकल्पिक ब्यबस्था मिलाएको छ । बजारमा देखिएको डिएपीको अभाव पुर्तिका लागि साल्ट ट्रेडिङले गैरअनुदानित मलको बिक्रि वितरण सुरु गरेको हो ।

उसले आफ्ना २९ वटै शाखाबाट सो मलको बिक्रि वितरण सुरु गरेको मलशाखा प्रमुख नेत्र भण्डारीले बताउनुभयो । फस्फोरससहित माटोलाई आवश्यक सुक्ष्म तत्वहरुको समेत उपयुक्त मात्रा भएकाले गैरअनुदानित मलको प्रयोग बढाउन उहाँले आग्रह गर्नुभयो ।

शेयर गरौ

ताजा अपडेट