आन्तरिक किचलो सुल्झाउन छाडेर नेकपाका नेता कार्यकर्ताको संख्या बढाउन व्यस्त

काठमाडौ २० असार :

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र आन्तरिक मुद्दा पेचिलो बन्दै गर्दा पार्टी प्रवेश कार्यक्रमले प्राथमिकता पाएको छ ।

पार्टीको दस्तावेज, सांगठनिक एकता लगायतका विषयले किनारा लिन नसकिरहेका बेला अध्यक्षद्वय ओली र दाहाल पार्टी प्रवेश कार्यक्रममा व्यस्त देखिएका छन् । नेकपाले आज पार्टी कार्यलय धुम्बाराहीमा बिहान ११ बजे पूर्व माओवादी नेता देवेन्द्र पराजुलीको समूहलाई नेकपा प्रवेश गराउने कार्यक्रम रहेको छ ।

पूर्व अखिल अध्यक्ष समेत रहेका नेता पराजुली , पूर्वसभासद कल्पना धमला, पर्वतका पूर्वसभासद गुणाखर बस्याल, मनु हुमागाईं लगायत दर्जनौं नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गर्ने कार्यक्रम रहेको उपनेता सुवास नेम्वाङले बताउनुभयो ।

नयाँ शक्तिका सत्रिय नेता रहेका पराजुली लगायत डा बाबुराम भट्टराईले उपेन्द्र यादवसंग पार्टी एकता गरेपछि नेकपामा प्रवेश गर्न लागेका हुन् । यसअघि हिजो मात्रै प्रदेशसभा सदस्य दीपक मनाङ्गे नेकपामा प्रवेश गरेका थिए । केही साताअघि पार्टी कार्यालय धुम्बाराहीमा कार्यक्रम आयोजना गरेर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रतिबन्धित नेक्र वित्रम चन्द नेतृत्व समूह नेकपा माओवादी परित्याग गरेका पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री पदम राईलाई पार्टी प्रवेश गराउनु भएको थियो ।

केही दिनअघि अध्यक्षद्वय ओली र दाहाल बीच बढेको दुरी कम जस्तो देखिए पनि माधव कुमार नेपाल र भीम रावलबीचको दुरी भने बढेको छ । सरकारले गरेका कतिपय निर्णयहरुमानेता रावलले सार्वजनिक रुपमैआपत्ति जनाउँदै आउनु भएको छ ।

शेयर गरौ

ताजा अपडेट