चितवन,१९ असार।
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले विप्लव नेतृत्वको प्रतिवन्धित पार्टीे नेकपालाई वार्ता मार्फत मुल धारमा ल्याउनु पर्ने वताउनु भएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै उहाँले कुनैपनि राजनैतीक दललाई प्रतिवन्ध लगाउनु राम्रो नभएकाले वार्ता मार्फत समस्याको समाधान खोज्नु आवश्यक रहेको वताउनु भयो ।
अहिले राजनैतीक रुपमा खुल्ला वातावरण वनेको भन्दै उहाँले हतियार उठाएर व्यक्तिगत स्वार्थका लागि हिड्न नहुने धारणा राख्नुभयो । राजनैतिक रुपमा असहमति राख्दैमा प्रतिवन्ध लगाएर हिंसाको वाटो प्रयोग गर्नु राम्रो नभएको उहाँको जिकिर थियो ।
निधिले काँग्रेस भित्र गुटवन्धी नरहेको वताउनु भयो । महासमिति र केन्द्रिय समितिको वैठकले समस्या समाधान गरेको उहाँको भनाई थियो । काँग्रेस प्रजातान्त्रीक पार्टी भएका कारण आफ्ना धारणाहरु वाहिर आउँदैमा त्यसलाई गुट उपगुट छ भन्नु हुदैन उहाँले भन्नुभयो ।
अहिले सरकारले गरेका कामहरुका कारण जनतामा फेरी काँग्रेस प्रति आशा र भरोसा वढेको उहाँको भनाई थियो । अहिले गुट उपगुटमा नलागि जनताको भरोसामा केन्द्रीत हुँदै काम गर्ने समय आएको निधिले वताउनु भयो ।
फरक प्रसंगमा वोल्दै उहाँले नेविसंघको तदर्थ समिति असार २२ गतेको केन्द्रिय समितिको वैठक पछि टुङ्गो लाग्ने वताउनु भयो ।


