सबै निकुञ्जभित्र रिसोर्ट निजि क्षेत्रलाई चलाउन दिने सरकारको तयारी

काठमाडौं, १९ असार :

शिवपुरी – नागार्जुन निकुञ्जमा सफारी र केबलकार सञ्चालन खुलाउने तयारीको सबैतिर विरोध भइरहेका बेला सरकारले देर्शभरका राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्रभित्र केबलकार र रिसोर्टसहितको पर्यटकीय सेवा सञ्चालन गर्न निजी क्षेत्रलाई जिम्मा दिने गरी कानुनी बाटो खोल्न लागेको छ ।

वन तथा वातावरणमन्त्री शक्तिबहादु बस्नेतको पहलमा निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्रभित्र १० देखि २९ वर्षसम्म केबलकार र रोपवेसहित होटल–रिसोर्ट–लज–र क्याम्प साइट लगायत पूर्वाधार खडा गरी पर्यटकीय सेवा सञ्चालन गर्न दिने गरी “संरक्षित क्षेत्रभित्र पर्यटकीय सेवा सञ्चालन तथा नियमन गर्नेसम्बन्धी कार्यविधि” ल्याउन लागेको हो । –कान्तिपुर

शेयर गरौ

ताजा अपडेट