चितवन १८ असार ।
चितवनकै सबैभन्दा पुरानो बिद्यालय चितवन माध्यमिक बिद्यालयले आफ्नो बिद्यालयबाट यस बर्ष माध्यमिक शिक्षा परिक्षा ( एसईई ) उतिर्ण गरेका बिद्यार्थीहरुलाई सम्मान गर्दे शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बिद्यालयबाट एसईई परिक्षामा ३.८५ जिपिए प्राप्त गरि उत्कृष्ट हुने निश्चल चापागाई र छात्रा तर्फ उ३.७५ जिपिए प्राप्त गरि उत्कृष्ट हुने आयुष्मा शर्मालाई दोसल्ला र पुरस्कार सहित सम्मान गरिएको थियो । यसैगरि ३.६५ जिपिए भन्दा माथी प्राप्त गर्ने २ जना सहित बिभिन्न जिपिए प्राप्त गरि उतिर्ण हुने ७३ जना बिद्याथीृलाई बधाई ज्ञापन गर्दे सम्मान गरिएको बिद्यालयका शिक्षक अच्युत पौडेलले जानकारी दिनुभयो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम लामिछाने मिलनको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार समितिका संयोजक चिरन्जििवी सुवेदी , बिज्ञ समुहका संयोजक जगदिश्वर खनाल , बिद्यालयका प्रधानाध्यापक मुक्तीनाथ लामिछाने , शिक्षक अभिभावक संघका अध्यक्ष ज्ञान बहादुर तामाङ्ग , बिज्ञ समुहका सदस्य भानु प्रसाद उपाध्याय , बिद्यालय व्यवस्थापन समितिका सदस्यहरु पोषकान्त चापागाई , हरिराम श्रेष्ठ , उत्कृष्ट स्थान हासिल गर्ने छात्र निश्चल चापागाई लगायतले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अबसरमा बिद्यालयकी नेपाली शिक्षीका देबी श्रीषले नेपाली बिषयमा उत्कृष्ट जिपिउ प्राप्त गर्ने छात्र निश्चल चपागाईलाई नगद रु ५०० सहित सम्मान गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक नारायण अधिकारीले गर्नुभएको थियो


