चितवन समाचारडटकम, १८ असार ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री मिनेन्द्र रिजालले हरेक परिवर्तनको नेतृत्व काँग्रेस पार्टीले गरेको बताउनुभएको छ । यस किसीमको पार्टी निर्माणमा स्वर्गिय गिरिजा प्रसाद कोईरालाको महत्वपूर्ण भूमिका रहेको रिजालले बताउनुभएको छ ।
नारायणगढको नदी किनारमा स्वर्गिय कोईरालाको ९६ औं जन्मजयन्तीमा आयोजीत लाखवत्ती प्रज्वलन कार्यक्रममा संवोधन गर्दै केन्द्रिय सदस्य रिजालले राणा शासनको अन्त्य देखी अहिलेको राजनीतिक ब्यवस्था स्थापना सम्मको सबै परिवर्तनमा काँग्रेसले नेतृत्व गरेको दावी गर्नुुभयो ।

कोईरालाको जिवनको उतरार्धमा अन्य दलका नेताले पनि शिखर पुरुषका रुपमा स्विकार गरेको नेता रिजालको भनाई थियो । नेता कोईरालाको अगुवाई र नेतृृत्वले नै मुलकमा गणतन्त्र स्थापना र संबिधानसभावाट नयाँ संबिधान निर्माणको आधार तयार भएको रिजालले बताउनुभयो ।
कार्यक्रममा काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ष्ठले पार्टीले जनताको चाहाना अनुसार कार्यक्रमहरु बोकेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । जनताको आकाँक्षा बमोजिमका कार्यक्रमहरु दिन सके स्वर्गिय नेताहरु प्रति सच्चा श्रद्धान्जली हुने श्रेष्ठले बताउनुभयो । कार्यक्रममा काग्रेस चितवनका पूर्व सभापतिहरु, जिल्लास्थित नेता कार्यकर्ता एवम् शुभेच्छुकहरुको सहभागीता रहेको थियो ।
स्वर्गिय कोईरालाको ९६ औं जन्मजयन्तीका अवसरमा नेपाली काँग्रेस चितवनले कोईरालाको सम्झनामा लाख वत्ती प्रज्वलन कार्यक्रम गरेको हो ।


