खैरहनी नगरपालिका लक्ष्यभन्दा बढी आम्दानी गर्न सफल

चितवन ,असार १८ ।
चितवनको खैरहनी नगरपालिकाले लक्ष्य भन्दा वढि आन्तरीक आम्दानी गर्न सफल भएको छ । खैरहनीले चालु आर्थिक वर्षमा ७ करोड १९ लाख रुपैया आन्तरीक श्रोतबाट आम्दानी गर्ने लक्ष्य लिएको थियो । चालु आर्थिक वर्षको सुरुवातमै घरदैलो कार्यक्रम गरेर करको दायरामा नआएका व्यवसायलाई दायरामा ल्याएपछि राजस्व संकलन अत्याधिक भएको हो । चालु आर्थिक वर्षको हाल सम्म खैरहनीले लागत सहभागीता वाहेक ७ करोड ७४ लाख २९ हजार रुपैया आम्दानी गरिसकेको नगरपालिकाका प्रशासकीय अधिकृत प्रकाशचन्द्र पौडेलले जानकारी दिए । पौडेलका अनुसार सवैभन्दा धेरै घरजग्गा रजिष्ट्रेशनबाट २ करोड ३६ लाख,६२ हजार रुपैया असुली भएको छ । त्यस्तै एकिकृत सम्पतीकरबाट १ करोड ५८ लाख रुपैया आम्दानी भएको छ । खैरहनीका मेयर लालमणी चौधरी नगरपालिकाको आन्तरीक आम्दानी वढ्दै जानु नगरपालिका सक्षम वन्ने संकेत रहेको वताउँछन् । हामी जनप्रतिनिधी भएर आउनु अघि १ करोड संकलन हुन मुस्किल थियो मेयर चौधरीले भने – नगरपालिकाको टिमको लगनशीलता,सक्रियताकै कारण आन्तरीक आम्दानी वढ्दै गएको हो ।

शेयर गरौ

ताजा अपडेट