एसिसी यु–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालको सानदार सुरुवात,चीन पराजीत

काठमाडौं, १९ असार :

एसिसी यु–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले सानदार सुरुवात गरेको छ। ५४ रनको लक्ष्य नेपालले पाँच ओभरमा नै पूरा गरेको हो ।

मलेसियामा जारी बुधबार भएको खेलमा नेपालले चीनलाई १० विकेटले हराउँदै उत्कृष्ट सुरुवात गरेको हो।

क्वालालम्पुरस्थित किनरारा ओभलमा भएको खेलमा टस जितेर फिल्डिङ गरेको नेपालले चीनलाई २३.१ ओभरमा ५३ रन बनाउँदा अल आउट गरेको थियो ।

नेपालका सागर ढकाल एक्लैले ६ विकेट लिए । तिलक भण्डारीको नाममा ३ विकेट रह्यो । कमल सिंह ऐरीले एक विकेट झारे ।

नेपालको जितमा पवन सर्राफले नटआउट ४६ रन र रित गौतमले नटआउट १० रन जोडे। पवनले २१ बलमा ६ चौका र ३ छक्का हाने। रितले १० बलमा १ चौका हाने ।

चीनका लागि ओपनरद्वय गुओहाओ गाओ र लियाङ चेनले १३-१३ रन जोडे। अन्य ब्याट्सम्यान दोहोरो अंक जोड्न नपाउँदै नेपाली बलरको सिकार भए।

दोस्रो खेल नेपालले शुक्रबार सिंगापुरसँग खेल्नेछ । समूह ए मा रहेको नेपालको समूहमा चीन र सिंगापुर छन्।

नेपालले आफ्नो दोस्रो तथा समूह चरणको अन्तिम खेल असार २० गते सिङ्गापुरसँग खेल्नेछ। समूहमा दुवै खेल हारेपछि चीन बाहिरिएको छ। नेपाल र सिंगपुर अन्तिम खेलअघि नै सेमिफाइनलमा पुगेका छन्। नेपाल र सिंगपुरबीचको खेल समूह विजेताका लागि हुनेछ।

शेयर गरौ

ताजा अपडेट