आयोजक ब्राजिल कोपा अमेरिका कप फुटबलको फाइनलमा प्रवेश

काठमाडौं, असार १८ :

आयोजक ब्राजिल कोपा अमेरिका कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार बिहान भएको खेलमा लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनालाई २–० गोलले हराउँदै ब्राजिल उपाधि नजिक पुगेको हो। ब्राजिलका लागि गाब्रियल जिसस र रोबर्टो फिर्मिनोले १–१ गोल गरे। पहिलो हाफको १९ औं मिनेटमा गाब्रियल जिससले गोल गर्दै आयोजक ब्राजिललाई अग्रता दिलाए ।

पहिलो हाफमा १–० ले अगाडि रहेको आयोजक ब्राजिलले खेलको ७१ औं मिनेटमा ब्राजिलका राबर्टो फिर्मिनोले गोल गर्दै अग्रतालाई दोब्बर बनाए ।

अर्जेन्टिनका कप्तान मेसीले प्रहार गरेको गोल ब्राजिलले गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए । ब्राजिलले फाइनलमा चिली र पेरुबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो सेमिफाइनलमा चिली र पेरुबीचको खेल बिहिबार विहान हुने छ ।

शेयर गरौ

ताजा अपडेट