होली भिजन पब्लिक स्कुलमा एसईईका सफल बिद्यार्थी सम्मानित

१६असार, चितवन
होलिभिजन पब्लिक स्कुल भरतपुर–४ ले २०७५ सालको एसईई परिक्षामा सहभागी बिद्यार्थीहरुलाई आज एक कार्यक्रमका बीच बिद्यालय परिसरमा सम्मान तथा पुरस्कृत गरेको छ ।
कार्यक्रम २०७५ सालको एसईई परिक्षामा ३.९५ जिपिएल्याउनेबिशालपोखरेल तथा सुजन गौतमलाई नगद पुरस्कार पनिप्रदानगरिएको थियो । यो बर्षको एसईई परिक्षामा सहभागीहोलिभिजनका ४० जनाबिद्यार्थी मध्य७जनाले ३.६ जिपिए भन्दा माथी ल्याएका छन् भने १६ जनाबिद्यार्थीले ३.२ भन्दा माथी जिपिए ल्याएका छन् । त्यसैगरी ११ जना बिद्यार्थीले २.८ भन्दा माथी ४ जनाले २.४ भन्दा माथी तथा २ जनाले २.० भन्दा माथी ल्याएका छन् । बि.स. २०४८ सालमा स्थापना भएको बिद्यालयले यसै बर्ष देखि कक्षा ११ मा कम्प्युटर सहितको ब्यावस्थापना सञ्चालन गर्ने अनुमति पाएको छ ।
कार्यक्रमा बिद्यार्थीहरुलाई अब के पढ्न, कसरी पढ्दा सफल भईन्छ भन्ने बारेमा बिद्यालयका प्राचार्य मिनराज बस्ताकोटी, शिक्षक अभिभावक संघका सदस्य पूर्णप्रसाद शर्मा तथा शिक्षक पूर्ण बहादुर दवाडीले प्रकाश पारेका थिए ।
शिक्षक अभिभावक संघ होलिभिजन स्कुलका अध्यक्ष प्रेमकुमार गैरे को प्रमुखआतिथ्यतामा सम्पन्न कार्यक्रम होलिभिजन पब्लिक स्कुल ब्यावस्थापन समितिका अध्यक्ष बेगनाथ गैरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

शेयर गरौ

ताजा अपडेट