चितवन १५ असार ।
राष्ट्रिय धान दिवसको अवसर पारेर पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइले गृह जिल्ला गोरखामा पुगेर धान रोपाइ गर्नु भएको छ ।
गृह जिल्लामा आयोजना गरेको रोपाइ कार्यक्रममा उहा सहभागी हुनु भएको थियो । रोपाइ पर्वमा ठुलो सख्यामा भेला भएका स्थानीयको माझमा उहाले धान दिवस मनाउदै जोत्ने, धान रोप्ने, वाउसे गरेर उत्सव मनाउनु भयो । धान राष्ट्रिय वाली भएकाले आत्मनिर्भर हुनको लागि यसको उत्पादन बढाउनु पर्ने बताउनु भयो । आयातलाई रोक्नको लागि खेतहुने हरेक जमिनमा अब धान रोपाइ गर्नु पर्ने उहाँको भनाइ थियो ।
सर्ट र हाफ पाइन्टमा निस्कनु भएका डाक्टर भट्टराइले केही वेर वारी सम्याउनको लागि लिड्को (हेगा) लगाउनु भएको थियो । वाउसे गर्नको लागि कोदालो चलाउनु भएको थियो । उहाले केही समय महिलाहरुसंगै रोपाइ गर्नु भयो ।

उहाले धान रोपाइ उत्सब मनाएको फोटो आफ्नो फेसबुकमा राख्नु भएको छ । उहाले राख्नु भएको फोटोलाई विभिन्न व्यक्तिले सकरात्मक तथा केही टिप्पणी गरेका छन् । धान रोप्न, वाउसे गर्न नजान्ने, उत्पादनमा बृद्धि गर्नको लागि भूमिका नगर्ने भनी उहाँको वालमा टिप्पणी गरेका छन् ।



