आफ्नो कार्यकालमा गरिबी र बेरोजगारी अन्त्य हुने प्रधानमन्त्री ओलीको दावी

काठमाडौं, १५ असार ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकाल पूरा भएर जाँदै गर्दा मुलुकमा परिवर्तन र विकास आइसकेको हुने दावी गरेका छन् ।

श्रम तथा रोजगार सम्मेलन उद्घाटन समारोहलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा गरिबी र बेरोजगारी अन्त्य हुने दाबी गरेका छन् । तर, उनले आफूले गरेको राम्रा कामको चर्चा नगरी दिए पनि हुने बताए ।

उनले भने, ‘मैले गरेको राम्रो कामको चर्चा नगर्दा पनि हुन्छ । च्यातेर डस्टबिनमा फालिदिए पनि हुन्छ, तर काम चाहिँ गर्नुपर्छ । सुन्दर, सुरक्षित, समृद्ध नेपाल बनाउन सबै लाग्नुपर्छ ।’
सत्ता पक्ष र प्रतिपक्ष मिलेर देश विकासमा लाग्नुपर्नेमा उनले जोड दिएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘स्वभाविक हो, अहिले कोही सत्तापक्ष छ, कोही प्रतिपक्षमा छ ।

छलफल गरौं । देश विकासको काममा सँगै जाऔं ।’ जो सत्तामा आए पनि उसले गरिबीसँग जुध्नैपर्ने भन्दै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा गरिबी र बेरोजगारी अन्त्य हुने दाबी गरे ।

शेयर गरौ

ताजा अपडेट