चितवन समाचार डटकम, १५ असार ।
नारायणगढ मुग्लिङ सडकमा अब हरबखत डोजर सहितको प्रहरी टोली रहने भएको छ ।
सडक अवरुद्ध हुने र यात्रीहरुले सास्ती भोग्नु परेको बिगतलाई मध्यनजर राखी डोजर सहित १० जनाको प्रहरीको टोली परिचालन गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बर्षा लागे संगै मुग्लिङ –नारायणगढ सडकखण्डमा पहिरो आई सडक अवरुद्ध हुने र यात्रीहरुले सास्ती भोग्नु परेको बिगतलाई मध्यनजर राखी सवारी यात्रीहरुले सो किसिमको सास्ती भोग्न नपरोस भन्ने उद्देश्यले ईलाका प्रहरी कार्यालय मुग्लिङ र प्रहरी चौकी जुगेडीमा डोजर सहितको प्रहरी टोली खटाईएको जनाइएको छ ।
सो सडकखण्डमा कहीकतै पहिरो गएमा पहिरो हटाई अवरुद्ध भएको सडकलाई तत्कालै सुचारु गर्न र दुर्घटनामा तत्कालै उद्दार गर्ने उद्देश्यले दुवै कार्यालयमा प्र.ना.नि.को कमाण्डमा खटाईएको प्रहरी टोलीमा पाँच पाँच जनाको संख्यामा तयारीका साथ रहने छ ।
सडक सूचना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय चितवनको ९८५५०८२७४४ मा सम्पर्क गर्न हुन समेत प्रहरीले अनुरोध गरेको छ ।


