चितवन समाचार डटकम
१४ असार ।
१४ असार । मदन भण्डारी फाउण्डेशन चितवनको आयोजनामा कालिका नगरपालिकाको पदमपुरमा आज फलफूल तथा वृक्षारोपण गरिएको छ ।
थाङखोला सामुदायिक वन परिसरमा दुइसय वटा एभोकाडो फलको विरुवा रोपिएको फाउण्डेशन चितवनका अध्यक्ष डाक्टर तिलचन्द्र भट्टराइले चितवन समाचार डटकमलाई जानकारी दिनु भयो ।
जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसर पारी कार्यक्रम गरिएको हो । सोही वनमा गत वर्ष एकसय ५० वटा विरुवा रोपिएकोमा पूर्व निर्धारित कार्यक्रम अनुसारनै यस वर्षपनि फलफूल रोपिएको अध्यक्ष भट्टराइले बताउनु भयो । प्रदेश नंं ३ का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दावादोर्जे लामा प्रमुख अतिथि रहनु भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य देवी ज्ञवाली, मुख्य मन्त्रीका सल्लाहकार जगन्नाथ थपलिया, प्रदेश साम्सदहरु घनश्याम दाहाल, विजय सुवेदी, कृष्ण भुर्तेल, कञ्चन खनाल, अनेरास्ववियूकी नेतृ निशा अधिकारीलगायत सहभागी हुनु भएको थियो ।


