निजगढ बिमानस्थलको मोडल छिटो बनाउन सरकारलाई संसदिय समितिको निर्देशन

चितवन समाचार डटकम, १३ असार ।
राष्ट्रिय सभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समिति ले निजगढ अन्तराष्टिय बिमानस्थल कुन मोडलमा निर्माण गर्ने निर्णय यथाशिघ्र गर्न सरकारलाई निर्देशन दिएको छ ।

बैठकले बिमानस्थलको डिटेल डिजाईन अनुसार धावनमार्ग र आवश्यक पूर्वाधार निर्माणका लागि आवश्यक स्थानका रुखहरु मात्र कटान गर्न अनुमती दिन पनि निर्देशन गरेको समिति सभापति दिलकुमारी रावल पार्वतीले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले टाँगिया बस्ती स्थानान्तरणको ब्यवस्थापन गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको सभापति रावले चितवन समाचार डटकमलाई जानकारी दिनुभयो ।

बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटा, नागरिक उड्यान प्राधिकरणका महानिर्देशक राजन पोखरेल, आयोजना प्रमुख ओम शर्मा पनि सहभागी हुनुहुन्थ्यो ।

शेयर गरौ

ताजा अपडेट