लिटिल फ्लावर स्कूलका ३३ जना विद्यार्थीले ल्याए एसईईमा ए प्लस

चितवन समाचार डटकम
१२ असार ।

लिटिल फ्लावर स्कूल नारायणगढमा अध्ययन गरेका विद्यार्थीले यस वर्षको एसईई परीक्षामा ३३ जनाले ए प्लस ल्याउन सफल भएका छन् ।
एकसय १० जनाले परीक्षा दिएकोमा ३३ जनाले उत्कृष्ट जीपीए ल्याउन सफल भएका छन् । परीक्षामा सहभागी भएका ६५ जनाले ए ग्रेट ल्याएका छन् भने १३ जनाले वी प्लस ल्याउन सफल भएको स्कुलका प्राचार्य रवीले जानकारी दिनु भयो ।
परीक्षामा उत्कृष्ट अंक ल्याउन सफल भएकोमा विद्यार्थी, अभिभावक र शिक्षकलाई धन्यवाद दिन चाहेको उहाले बताउनु भयो । लिटिल फ्लावर स्कुल नारायणगढमा नर्सरीदेखि १० सम्म दुइहजार भन्दा धेरैले अध्ययन गर्दै आएका छन् ।

शेयर गरौ

ताजा अपडेट