पोखरा १२ असार । कास्कीको पोखरा महानगरपालिकामा कांग्रेसनिकट जनप्रतिनिधिले तालावन्दी गरेका छन्।
महानगरको पाँचौ नगरसभामा प्रस्तुत भएको बजेटमा असन्तुष्ट रहेका कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बजेट सच्याउन माग गर्दै आज विहान महानगरपालिकाको गेटमा तालावन्दी गरेका हुन्।
नगरसभाको चौथो दिन हिजो महानगरले रेडबुक प्रस्तुत गरेको थियो। उक्त रेडबुकमाथि छलफल नै नभई पारित गरिएको र त्यसबारे कुरा राख्दा मेयर जीसीले धम्कीपूर्ण अभिव्यक्ति दिएपछि बाध्य भएर गेटमा तालवन्दी गरिएको वडा नम्बर ९ का वडाअध्यक्ष रामराज लामिछानेले बताए।
नगरसभामा पेश भएको बजेट र मेयरले अभव्यिक्ति नसच्याएसम्म आन्दोलन जारी राख्ने उनको भनाई थियो।
हिजोको नगरसभा बैठकमा कांग्रेसनिकट वडाध्यक्षले बजेट विनियोजन असमान भएको भन्दै रेडबुक च्यातेका थिए। पोखरा महानगरपालिकाले मंगलबार ७ अर्ब ५४ लाखको बजेट सार्वजनिक गरेको छ।


