फ्रि तिब्बत कार्यक्रममा सहभागी सांसद यादव सहभागि निलम्बित

काठमाडौं, ११ असार :  समाजवादी पार्टी नेपालले सांसद तथा पर्सा जिल्ला कमिटीका अध्यक्ष प्रदिप यादवलाई निलम्बन गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई ६ महिनाका लागि पार्टीको सम्पुर्ण जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको हो ।

समाजवादी पार्टीका उपमहासचिव तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार पार्टीको नीति विपरित ‘फ्रि तिब्बत’ कार्यक्रममा सहभागि भएकाले यादवलाई निलम्बन गरिएको बताए ।

लाटभीया देशको राजधानी रिगामा हालै सम्पन्न भएको ‘इन्टरनेश्नल नेटवर्क अफ पारलियामेन्टेरियन अन फ्रि तिब्बत’ कार्यक्रममा सांसद यादव सहभागि भएका थिए । पार्टीलाई जानकारी नगराई भाग लिन गएका सांसद यादवसंग पार्टीले स्पष्टिकरण सोधेको थियो । तर चितबुझ्दो स्पष्टिकरण नदिएकाले पार्टीले कारवाही गर्ने निर्णय गरेको अधिकारीले बताए ।

यसैगरी बैठकले पार्टीको केन्द्रीय कार्यालय, निकाय तथा बिभागको जिम्मेवारी बाँडफाँड गरेको छ । तत्कालिन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीका बीचमा एकिकरण भएपछि ती निकायहरूमा सहमतिका आधारमा जिम्मेवारी बाँडफाँड गरिएको महासचिव रामसहाय यादवले बताए ।

शेयर गरौ

ताजा अपडेट