प्रचुर सम्भावना रहेको भरतपुरलाई विश्वमा चिनाउन सकिन्छ : सभापति पोखरेल

चितवन समाचार डटकम,
१० असार ।
कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले प्रचुर सम्भावना भएको भरतपुर महानगरलाई विकास गर्न सकेमा विश्वमानै परिचित हुने बताउनु भएको छ ।
भरतपुर महानगरको चौथो नगर सभालाई मंगलबार सम्बोधन गर्दै उहाले यहाँको प्रकृतिक स्रोत साधनलाई उपयोग गरी प्रचार गर्न सकेमा प्रसस्त आम्दानी हुने बताउनु भयो । विश्वमा दुर्लभ वन्यजन्तु हेरेर रमाउन सक्नेगरी बाटो निर्माण गरेमा विदेशी डलर यही कमाउन सक्ने अवस्था महानगरले बोकेको बताउनु भयो ।
उहाले भन्नु भयो महानगरको २९ नं. वडाको प्राकृतिक सम्पदा, मौसम लोभलाग्दो छ यसलाई हामीले प्रचार प्रसार गर्न सकेका छैनौ । नारायणी नदीको पानी उपयोग गरी जल यात्राबाट आम्दानी गर्न सकिने बताउनु भयो ।


महानगरले गर्नु पर्ने केही चुनौतिहरु रहेको भन्दै निर्वाचन क्षेत्र नंं २ का साम्सद समेत रहनु भएका पोखरेलले भन्नु भयो खानेपानीको समस्या, आवास, वेरोजगार समस्या समाधान गर्नु आवश्यकता रहेको बताउनु भयो । सुकुम्बासीलाई तत्काल जग्गा दिन नसके ब्लक नं. दिएर उनीहरुलाई अपनत्व गराउने वातावरण सिर्जना गर्नु पर्ने बताउनु भयो । सुकुम्वासीलाई ब्लक नंं दिन स्थानीय निकायले सक्ने छन् त्यो कानुनले दिन्छ उहाले भन्नु भयो तपाइहरुले जग्गा दिनुस भनेको होइन अहिले बसिराखेको ठाउलाई ब्लक नं. दिनुुहोस भनेको । यसो गर्नलाई अधिकार स्थानीय तहलाई छ ।
महिला बालबालिका हिंसा विरुद्धको समिति निर्माण गरेर त्यही समितिले काम गर्न सक्नेछन् । यसो गर्न सकेमा हिंसा कमी हुन सक्ने र हिंसामा परेकालाई राहत दिएर उद्धार गर्न समेत सकिने बताउनु भयो ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नु भएको कार्यक्रममा नेकपामा जिल्ला अध्यक्ष यमवहादुर परियार, नेपाली काँग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठ, प्रदेश साम्सद मिलनबाबु श्रेष्ठगायतले मन्तव्य राख्नु भएको थियो । समयमा कर तिर्ने, उत्कृष्ट ८ नंं वडालाई महानगरले सम्मान गरेको थियो ।

शेयर गरौ

ताजा अपडेट