रामेछाप, असार ८ ।
सिन्धुलीबाट रामेछाप जादै गरेको एम्बुलेन्स अाज विहान दुर्घटना हुँदा एकजनाकाे मृत्युु भएको छ । मृत्युु हुनेमा चालक निरबहादुर श्रेष्ठको मृत्यु भएको छ ।
दुर्घटनामा एकजना घाइते भएका छन् ।
बिरामी लिन हिँडेको बा.२१ च ७५२५ नम्बरको एम्बुलेन्स आज बिहान ३ बजे कुनौरीको मोडमा दुर्घटना भएको हो । एम्बुलेन्स सडकबाट करिब सय मिटर तल खसेको जनाईएकाे छ ।


