मिडिया काउन्सिलकाे बिराेधमा चितवनमा सङ्कलित हस्ताक्षर प्रमलाई पठाईयाे

चितवन, ६ असार ।
नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा चितवनले मिडिया काउन्सिल विधेयकमा रहेका प्रेस स्वतन्त्रता प्रतिकुल व्यवस्था हटाउन माग गर्दै सङ्कलित हस्ताक्षर आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाएको छ ।
चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत मार्फत हस्ताक्षर पठाईएकाे हाे ।
जिल्ला प्रशासन कार्यालयकाे सभाकक्षमा महासङ्घ जिल्ला शाखा अध्यक्ष राधेश्याम खतिवडा प्रजिअ बस्नेतलाई हस्ताक्षर हस्तान्तरण गर्नुभएको थियाे ।
साे क्रममा अध्यक्ष खतिवडाले बिधेयकका कतिपय प्रावधान मिडियालाई नियमन नभई नियन्त्रण गर्न खाेजे जस्ताे देखिएकाे अान्दोलन जरुरत भएको बताउनुभयाे ।
प्रजिअ बस्नेतले प्राप्त हस्ताक्षर प्रधानमन्त्री कार्यालय पुर्याउने जनाउनुभयाे । केन्द्रीय कार्यक्रम अन्तरत नै जिल्लामा हस्ताक्षर सङ्कलन गरेर प्रजिअ मार्फत प्रधानमन्त्रीलाई वुझाईएकाे महासङ्घ चितवनका सचिव तीर्थ नेपालले बताउनुभयाे ।
कार्यक्रममा सहायक प्रजिअ जनकराज पन्त, महासङ्घ चितवनका पुर्व अध्यक्ष जनक अर्याल, प्रेस सङ्गठनका केन्द्रीय सदस्य शालिग्राम नेपाल, महासङ्घ चितवनका उपाध्यक्ष नारायण अधिकारी , काेषाध्यक्ष प्रकाशमणि ज्ञवाली , जिल्लाका अग्रज पत्रकारहरु विरेन्द्रमणि पाैडेल, तिलकराम रिमाल, चिन्तामणि पाैडेल, नवराज ढकाल लगायत पत्रकारहरुकाे उपस्थिति रहेकाे थियाे ।

शेयर गरौ

ताजा अपडेट