काठमाडौं, ६ असार :
कोपा अमेरिका फुटबलमा जापानले उरुग्वेसँग बराबरी खेलेको छ ।
ब्राजिलमा जारी प्रतियोगिताअन्तर्गत आज बिहान भएको खेलमा जापान र उरुग्वेले २–२ गोलको बराबरी खेलेका हुन् । खेलमा जापानका लागि दुबै गोल कोजि मियोसीले गरे ।
उरुग्वेका लुईस सुवारेज र होजे जिमिनेजले एक–एक गोल फर्काए । बराबरीपछि जापानको अर्को चरणमा पुग्ने सम्भावना कमजोर भएको छ ।
पहिलो खेलमा चिलीसँग पराजित जापानको दुई खेलबाट १ अंकमात्रै छ । ४ अंक जोडेको उरुग्वे शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको चिलीको ३ अंक छ ।
चिलीले एक खेलमात्रै खेलेको छ ।


