खाद्य प्रविधिमा भ्रष्टाचार, ल्याबोरेटरी भ्यान खरिदमा अनियमितता

काठमाडौं, ६ असार :

अनुगमनस्थलमै खाद्यवस्तु परीक्षण गर्न मिल्ने ल्याबोरेटरी भ्यान खरिदमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णसहित १३ जनामाथि विशेष अदालतमा भष्ट्राचार मुद्दा चलाएको छ ।

विभागका १३ जना अधिकारीमाथि १२ करोड ४० लाख ४७ हजार रुपैयाँ भष्ट्राचार गरेको आरोप लागेको छ ।

को सँग कति बिगो माग दाबी?

महानिर्देशक सञ्जिवकुमार कर्ण – १२ करोड ४० लाख

वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती- १२ करोड ४० लाख

लेखापाल रविता श्रेष्ठ- १२ करोड ४० लाख

नायव सुब्बा गुरुदत्त गौतम- १२ करोड ४० लाख

प्रधानमन्त्री कृषिआधुनिकीकरण परियोजनाका व्यवस्थापन इकाइ,

खुमलटारका लेखाका उपसचिव गणेश प्रसाद चालिसे- १२ करोड ४० लाख

लेखापाल बालाराम पोखरेल- १२ करोड ४० लाख

शाखा अधिकृत भागीरथ आचार्य- ४ करोड १३ लाख

परियोजना निर्देशक हरिप्रसाद घिमिरे- ८ करोड २६ लाख

वरिष्ठ कृषि इञ्जिनियर सरोज अधिकारी- ८ करोड २६ लाख

वरिष्ठ योजना अधिकृत तिलकराज चौलागाई- ८ करोड २६ लाख

परियोजना निर्देशक लक्ष्मणप्रसाद पौडेल- ४ करोड १३ लाख

वरिष्ठ अनुगमन मूल्यांकन अधिकृत इन्द्रहरि पौडेल- ४ करोड १३ लाख

भ्यान सप्लाई गर्ने प्रुडेन्ट मेडिटेक इन्टरनेसनल कमलादीका

आधिकारिक प्रतिनिधि प्रवीण कुँवर- २४ करोड ८० लाख

–कान्तिपुर

शेयर गरौ

ताजा अपडेट