काठमाडौं, ६ असार :
नेपालमा १० दिन ढिलो गरी पूर्वी भागकाट मनसुन प्रवेश गरेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार पूर्वबाट प्रवेश गरी त्रमशः मध्य हुँदै मनसुन पश्चिमतर्फ विस्तार भइरहेको छ ।
समान्यता नेपालमा १० जुनमा मनसुन प्रवेश गर्छ । मनसुन अवधिमा ८० प्रतिशत वर्षा हुन्छ । यो वर्ष प्रदेश १, २, ३ र ५ का केही पश्चिमी भूभागमा औसतभन्दा कम वर्षा हुने अनुमान विज्ञको छ ।
गण्डकी, कर्णाली र सुदूरश्चिम प्रदेशमा भने औसत वर्षा हुने अनुमान छ । –कान्तिपुर


