गैडाकोटको टाउनखोलमा बन्यो पुल, खोलामा हेलिएर हिड्नु पर्ने हट्यो बाध्यता

चितवन समाचार डटकम,
गैडाकोट २ असार ।

गैडाकोट नगरापालिकाको दुइ वटा वडा जोड्ने टाउनखोलामा पुल बनेपछि खोलामा हेलिएर हिड्नु पर्ने बाध्यता हटेको छ ।

साविकको अमरापुरी र मुकन्दपुर गाविस जोड्ने खोलामा पुल नवन्दा स्थानीयहरु खोलामा जोखिम मोलेर हिड्नु पर्ने बाध्यता रहेको थियो । वर्षौदेखिको स्थानीयको माग पुरा भएको गैडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले जानकारी दिनु भयो । उहाले भन्नु भयो ‘नगरपालिकाको आफ्नै लगानीमा बनेको यो पुल सबैभन्दा धेरै लगानी भएको हो ।’

हिउँदमा सामान्य पानी भएपनि वर्षातमा स्थानीयले धेरै समस्या भोगेका थिए उहाले भन्नु भयो । पुल निर्माण भएपछि अध्ययन गर्न जाने बालबालिकादेखि दैनिक यात्रा गर्ने स्थानीयलाई राहत मिलेको उहाले बताउनु भयो । गैडाकोट नगरपालिकाको वडा नं. १४ र १२ जोड्ने पुल निर्माण भएपछि पहाडी क्षेत्रदेखि तराइको भूभाग जोडिएकोमा आफूलाई खुसी लागेको वडा नंं १२ का अध्यक्ष थिरवहादुर थनेतले बताउनु भयो ।

यो धेरै वर्षपछि अगाडिको माग हो अहिले आएर पुरा भयो वडा अध्यक्ष थनेतले भन्नु भयो । नगरपालिकाको धेरै लगानीमा भएको यो पुल निर्माण भएपछि अब जोखिम मोलेर हिड्न पर्दैन । उहाका अनुसार पुल बनेपछि दुइहजार स्थानीय लाभान्वित भएका छन् । नगरपालिकाको रिङरोगको अवधारणा अनुसार तराइ र पहाड जोड्ने उत्तराखण्डको क्षेत्रमा पुल निर्माण गरेको नगरप्रमुख पौडेलले बताउनु भयो । करिब एक करोडको लागतमा पुल निर्माण भएको उहाले जानकारी दिनुभयो । नगरवासीलाई विकासको अनुभुती दिन आफूले हरदिन काम गरिराखेको प्रमुख पौडेलले बताउनु भयो ।

पुलको निर्माण कार्य अन्तिम चरणमा रहेकाले अवको केही हप्ताभित्रै सञ्चालनमा आउने छ । ढलान कार्य सम्पन्न भएको पुलको दुवै तर्फको जीपमा माटो पुरेपछि सञ्चालनमा आउनेछ । पहाडी क्षेत्र अब सिधै तराइको राजमार्गमा आउन सक्ने भएका छन् । यहाँ उत्पादन भएका कृषि जन्य सामग्री सजिलै बजार ल्याउन सकिने भएको छ ।

शेयर गरौ

ताजा अपडेट