चितवन १ असार ।
कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज ) भरतपुरमा कार्यरत डा. सुदिपराज केसी चितवनकै पहिलो यूरोलोजिष्ट सहप्रध्यापक बनेका छन् । काठमाण्डौं विश्वविद्यालयले डा. केसीलाई सहप्राध्यापकमा बढुवा गरेपछि उनी जिल्लाकै पहिलो यूरोलोजिष्ट सहप्राध्यापक बनेका हुन् ।
युरोलोजीमा एमसिएच गरेको दुई बर्षपछि डा. केसीलाई उपप्रध्यापकबाट सह–प्राध्यापकमा बढुवा भएका हुन् ।डा.केसीले युरोलोजी विषयमा एमएस गर्दै गरेका एक जना विद्यार्थीलाई आफूसँगै राखेर पढाउन पाउँछन् । विगत ११ बर्षदेखि डा. केसीले चितवनमा रहेर युरो सम्बन्धी बिरामीहरुलाई सेवा दिँदै आएका छन् ।
अति विशिष्ट सेवाका रुपमा लिइने युरोलोजी सेवामा पुरानो मेडिकल कलेज, नयाँ मेडिकल कलेज र क्यान्सर अस्पतालमा उपलब्ध छ । चितवनमा पिसाव, पत्थरी, मृगौला, प्रोष्टेटका बिरामीहरुको संख्या बढ्दैं गएको भन्दै डा. केसीले सेवा पनि विशिष्टिकृत हुँदै गएको बताए ।
अझै पनि मृगौला, प्रोष्टेट र त्यसमा हुने क्यान्सर सम्बन्धी बिरामीहरु विषेशज्ञ चिकित्सकसँग आइनपुग्नु एक खालको समस्या रहेको डा.केसीको भनाइ छ ।


