कोपा अमेरिका फुटवलमा कोलम्विया संग अर्जेन्टिना पराजित

असार १, एजेन्सी ।

कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले पहिलो खेलमा पराजय भोगेको छ।

समूह चरणको पहिलो खेलमा उसलाई कोलम्बियाले २-० गोलले पराजित गरेको हो।

पहिलो हाफ बराबरीमा सकिएको खेलमा दुबै गोल दोश्रो हाफमा भएका हुन्। खेलको ७१ औं मिनेटमा कोलम्बियाले अग्रता लिएको थियो। सो अग्रता रोजर मार्टिनेजले दिलाएका थिए।

 

त्यसपछि खेलको ८६ औं मिनेटमा डुवन जापाताको गोलमा कोलम्बियाले अग्रतालाई दोब्बर पार्‍यो। त्यसपछि कुनै गोल भएन र अर्जेन्टिना २-० ले पराजित भयो।

यस खेलमा गोल मेसिनका रूपमा परिचित लियोनेल मेस्सी गोल गर्न असमर्थ रहे। हामेस रोड्रिग्वेजसहितको कोल्म्बियाले अस्जेन्टिलाई खेल अवधिभर खुलेर खेल्न दिएन।

आज नै सम्पन्न भएको समूह ‘ए’ खेलमा भेनेजुयला र पेरूले गोल रहित बराबरी गरेका छन्।

विश्वको पुरानो फुटबल प्रतियोगितामा उपाधिका लागि १२ टोलीले प्रतिष्पर्धा गरेका छन्।

शेयर गरौ

ताजा अपडेट