काठमाडौं, ३१ जेठ :
ओमनको खाडीमा कच्चा तेलका दुई ट्यांकरमा विस्फोट भएको छ ।
विस्फोटपछि त्यहाँ रहेका दर्जनौँ कर्मचारीलाई सकुशल उद्धार गर्न गरिएको छ । इरानी अधिकारीहरूका अनुसार कोकुका करेजियास ट्यांकर बोर्डबाट २१ जना र फ्रन्ट अल्टायरबाट २३ जनालाई सुरक्षित बचाउ गरिएको हो । यो संसारकै सबैभन्दा व्यस्त तेल रुट हो ।
उक्त विस्फोटको कारण भने खुल्न सकेको छैन ।
संयुक्त अरब इमरेट्स (युएई)का चार ट्यांकरमाथि गरिएको विस्फोटको एक महिनापछि यस प्रकारको विस्फोट भएको हो । उक्त घटनापछि कच्चा तेलको मूल्यमा भारी वृद्धि हुने अनुमान गरिएको बिबिसीले उल्लेख गरेको छ ।
ब्लुमवर्गको एक रिपोर्टअनुसार बिहीबार भएको यो घटनाले कच्चा तेलको मूल्यमा ४.५ प्रतिशत वृद्धि हुन सक्ने छ ।


