भारतमा अत्यधिक गर्मी हुदा रेलभित्रै चार यात्रीको मृत्यु

काठमाडौं, २९ जेठ

नयाँ दिल्ली स् भारतमा विगत दुई हप्तादेखि बढेको ‘अत्यधिक गर्मी’का कारण राजधानी नयाँ दिल्लीबाट झाँसी गइरहेको केरला एक्सप्रेसको रेलभित्रै चार यात्रीको मृत्यु भएको छ मृतक रेलयात्री चारैजनाको अत्यधिक गर्मीका कारण मंगलबार मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मृतकमध्ये एक जना ८१ वर्षीय वृद्ध भएको पनि बताइएको छ । मृतकको शव झाँसीमा रेलबाट उतारिएको छ ।

आगराबाट ६५ जनाको एक समूह कोयम्बतूर गइरहेको थियो ।

शेयर गरौ

ताजा अपडेट