प्रेरणा ईङलिस स्कुलद्धारा अभिभावकसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न

भरतपुर, २५ जेठ :

प्रेरणा ईङलिस स्कुलले आफ्नो शौक्षिक कार्यक्रम अन्तर्गत अभिभावकसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

भरतपुर – ११ जागृति चोकमा रहेको धावन रिक्रयशनमा कार्यक्रमको आयोजना गरिएको प्रेरणा ईङलिस स्कुलका सहायक प्राचार्य अविनाश शर्माले जानकारी दिनुभयो ।

संस्थागत विद्यालय अभिभावक संघ चितवनका अध्यक्ष सुर्यकान्त न्यौपाने प्रमुख अतिथि रहेको कार्यक्रममा विद्यालयका प्राचार्य मोहन लामाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले पहिले पाठशाला घर र अभिभावक भएकाले आफ्ना सन्तानलाई शिक्षित बनाउनु परिवारको भुमिका महत्वपुर्ण हुने बताउनु भयो । विद्यालयका प्राचार्य लामाले अभिभावकलाई आफ्ना नानि बाबुलाई सकरात्मक उर्जा प्रदान गरि राम्रो संस्कार सिकाउन आग्रह गर्नुभयो ।

विद्याथीलार्ई अनुशासित र मर्यादित बनाउन परिवारको पहिलो भुमिका रहेकाले आफ्नो शैक्षिक कार्यक्रम अन्तर्गत अभिभावकसँगको अन्तरक्रिया कार्यक्रम गरिएको प्राचार्य लामाको भनाई रहेको छ ।

 

कार्यक्रममा अभिभावकका साथै विद्यालय शैक्षिक प्रमुख गुणाखर घिमिरे, प्रा.वि तह प्रमुख रेनुका पुन कन्दङवा लगायत विद्यालयका शिक्षकहरुको उपस्थिती रहेको थियो । आचार्य लक्ष्मण भण्डारीले सहजिकरण गरेको कार्यक्रम विद्यालय सञ्चालक समितिका अध्यक्ष डा. प्रेम सागार भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

 

 

शेयर गरौ

ताजा अपडेट