काठमाडौं, २५ जेठ ।
काठमाडौंको माइतीघरमा कार र मोटरसाइकल ठोक्किदा एक जनाको ज्यान गएको छ ।
शुक्रबार राति भएको सो दुर्घटनामा परी एक जना घाइते भएका छन् । बा १७ च ४३८४ नम्बरको कारमा बा ७२ प ९५७१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक काठमाडौं नयाँ बानेश्वरका २३ वर्षीय आयुषराज पाण्डेको ज्यान गएको हो । दुर्घटनामा घाइते भएका पाण्डेको उपचारका क्रममा नर्भिक अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा पछाडि बसेका तेह्रथुम घर भई नयाँ बानेश्वर बस्ने २२ वर्षीय सन्तोष भण्डारी घाइते भएका छन् । उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।


