चितवन २४ जेठ
चितवनको सबैभन्दा पुरानो बिद्यालय चितवन माध्यमिक बिद्यालयले नेपाल सरकारको कार्यक्रम अन्र्तगत आज बिद्यालयमा छात्रबृती वितरण गरेको छ ।
बिद्यालयले बिद्यालयको क्यालेण्डरमा उल्लेख भए अनुसार कक्षा १ देखि ८ सम्म अध्ययनरत सबै छात्रााहरुलाई जनही रुपैया ४ सयका दरले छात्रबृति वितरण गरेको हो । यसरी छात्रबृती पाउने छात्रा २ सय ७३ जना थिए । यसैगरि कक्षा ९ र १० मा अध्ययनरत दलित छात्रााहरुलाई पनि जनही रुपैया ५ सयका दरले छात्रबृत्ती वितरण गरेको शिक्षक अच्युत पौडेलले जानकारी दिनुभयो । यसरी छात्रबृत्ती पाउने कक्षा ९ र १० मा अध्ययनरत दलित छात्राहरु २३ जना थिए ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लिराम लामिछाने मिलनको अध्यक्षतामा सम्पन्न भएको थियो । सो कायृक्रममा बोल्दै लामिछानेले बिद्यलायले उपलब्ध गराएको छात्रबृत्ती रकम सहि स्थानमा सदुपयोग गर्न बिद्यार्थीहरुलाई आग्रह गर्नुभयो । उहाले बिद्यालयले बिद्यार्थीलाई पढ्नमा ध्यान दिन भन्दै यस्ता प्रोत्साहन गर्ने किसिमका अन्य कार्यक्रमहरु पनि बिद्यालयले सञ्चालन गर्ने बताउनुभयो । बिद्यालयका प्रधानाध्यापक मुक्तीनाथ लामिछानेले छात्रबृत्ती रकम र यस कार्यक्रमको औचित्यबारे प्रकाश पार्नुभएको थियो ।


