क्रिकेट रंगशालाको काम कुनै बाहानामा नरोकौं : खेलकुद मन्त्री बिश्वकर्मा

चितवन २४ जेठ ।
नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री जगदबहादुर विश्वकर्माले भरतपुर महानगरपालिका वडा नम्वर १५ रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य कुनैपनि बाहानामा रोकिन नहुने बताउनुभएको छ ।
शुक्रबार रंगशाला निर्माणस्थलको स्थलगत अवलोकनपछि मन्त्री विश्वकर्माले जतिसक्दो छिटो अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्रिय गौरवको आयोजना कुनै पनि बाहानामा रोकिन नहुने बताउनुभयो ।
रंगशाला निर्माणमा देखिएका समस्याहरुलाई छलफलको माध्यमबाट समाधान गरेर जतिसक्दो छिटो काम अगाडि बढाउन उहाँले सम्बन्धीत पक्ष सबैलाई आग्रह पनि गर्नुभयो । उहाँले खेलकुदसँगै समग्र मुलुकको समृद्धिका लागि सरकार एक्लैले मात्रै सम्भव नहुने भएकाले निजी क्षेत्र, विभिन्न सरकारी तथा गैह्र सरकारी संघसस्थाले साझा संकल्प गर्नुपर्नेमा जोड दिनुभयो ।
धुर्मुस सुन्तली फाउण्डेसन गैह्र सरकारी संस्था भएर पनि राष्ट्रको गौरवको आयोजना निर्माणमा लाग्नु प्रशंसायोग्य रहेको विश्वकर्माले बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट