बिजुलीबजारमा आज बिहान साइकलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौं, २३ जेठ :

काठमाडौं  बिजुलीबजारमा आज बिहान साइकलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

एकजना घाइते भएका छन्। दुर्घटनामा बा ४१ प ५३६ नम्बरको मोटरसाइकल चालक ललितपुर पाटनका ३७ वर्षीय अमरराज ताम्राकारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार काभ्रेकी रितु लामा घाइते भएकी छन् । मोटरसाइकल रड बोकेको साइकलमा ठोक्किएको प्रहरीले जानकारी दिएको छ ।

शेयर गरौ

ताजा अपडेट