राष्ट्रिय एकता र सहिष्णुताको कामना : राष्ट्रपति भण्डारी

काठमाडौं, जेठ २२ :

इस्लाम धर्मावलम्बीको महान् चाड ‘इद उल फित्र’का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीलाई शुभकामना दिनुभएको छ ।

राष्ट्रपतिद्वारा बुधबार जारी शुभकामना सन्देशमा सम्पूर्ण इस्लाम धर्मालवम्बीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्नुुभएको छ । राष्ट्रपति भण्डारीले सन्देशमा यस पर्वले सबै समुदायका नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

संविधानले सबै धर्म र संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने उद्देश्य लिएको उल्लेख गर्दै उहाँले मुस्लिम समुदायको संस्कृतिको संरक्षण गर्न इद उल फित्रको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभएको छ ।

 

 

 

शेयर गरौ

ताजा अपडेट