चितवन २१ जेठ । रत्ननगर नगरपालिकाले सर्लाहीको गौडेता नगरपालिकाका जनप्रतिनिधिहरुसंग विकास निर्माण सुसासनका विषयमा छलफल गरेको छ ।
भ्रमणमा रहेको जनप्रतिनिधिहरुको टोलीसंग रत्ननगरमा गरिएमा काम र गौडेता नगरपालिकामा भएको कामको विषयमा अन्र्तक्रिया गरिएको थियो । गौडेता नगरपालिकाका जनप्रतिनिधिहरुको टोलीलाई रत्ननगरका मेयर नारायण वनले स्वागत गर्नु भएको थियो । उहाले दुई वर्षको अबधिका रत्ननगरले गरेका विकास निर्माण, पर्यटन, कृषि, स्वास्थ्य, पशुपालन, जीविकोपार्जन, धर्मसंस्कृतिको संरक्षणको क्षेत्रमा गरेका कामहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यालय सञ्चानलाई प्रभावकारी बनाउन प्रविधिको प्रयोग,विभिन्न ठाउँमा फ्रि वाइफाई सुरु भइसकेको र बुधवारदेखि अनलाईन मार्फत घर नक्सा पास सुरु गर्ने मेयर वनले बताउनु भयो । कार्यक्रममा गौडेता नगरपालिकाका वडा नं १ का वडा अध्यक्ष रमेशकुमार यादवले सो नगरपालिकाले गरेका कामहरुको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेल,प्रबक्ता राजेन्द्र हमाल,वडा अध्यक्ष हेमराज थापा,कृष्ण महतो लगायतले सहभागिता रहेको थियो ।


