नारी अभ्युदय केन्द्रले वाढ्यो ः स्थापना दिवसमा छात्रवृति

चितवन २० जेठ । नारी अभ्युदय केन्द्रले स्थापना दिवसको अवसर पारेर सम्मान प्रशंसापत्र तथा छात्रवृत्ति वितरण गरिएको छ ।

२८ औ स्थापना दिवसको अवसर पारेर २०७४ सालका एसईइ परीक्षामा सफल एवं विभिन्न विद्यालयका जेहेन्दार विद्यार्थीलाई सम्मान एवं पुरस्कृत गरिएको छ । एसईइमा उत्कृत्ट अंक ल्याउने नारायणी नमुना उच्च माविका तीन जना छात्रा, राष्ट्रिय आधारभुत विद्यालय नदी किनारका पाँच जना, हाम्रो घरका र आर्दश गृहका वीरबहादुर चेपाङलाई नगदसहित सम्मान गरिएको हो ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले आफ्नो घरभित्र भएको जिम्मेवारीलाई मिलाउदै सामाजिक कार्यकोलागि अगाडि बढेकोमा महिलालाई बधाई दिनु भयो । उद्योग वाणिज्य संघ नारी अभ्युदयसंग सहकार्य गरेर अगाडि बढेको भन्दै प्रसंसा गर्नु भयो ।

संस्थाका सल्लाहकार बद्री अधिकारले सामाजिक कार्यमा महिलाको सहयाभागिताले सकरात्मक सन्देश गएको बताउनु भयो । कार्यक्रममा संस्थाकी सल्लाहकार मिना खरेलले सबै सामाजिक संस्थाहरूको विचमा साझा कार्यक्रम राखेर अगाडि बढ्न आवश्यक रहेको बताउनु भयो । संस्थाकी अध्यक्ष सत्या गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

शेयर गरौ

ताजा अपडेट