अन्तर संचार माध्यम हाजिरी जवाफ प्रतियोगितामा रेडियो त्रिवेणी प्रथम

भरतपुर, २० जेठ :

नारायणगढ जेसिजद्धारा आयोजित अन्तर संचार माध्यम हाजिरी जवाफ प्रतियोगितामा रेडियो त्रिवेणी १००.६ मेगाहर्ज प्रथम भएको छ ।

भरतपुर ११ को जागृती चोकमा रहेको धावन रिक्रियशनमा भएको कार्यक्रममा ८ टिम सहभागी रहेको कार्यक्रम संयोजक सुर्यभक्त अधिकारीले जानकारी दिनुभयो ।

नेपाल जेसिजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रमेश चन्द्र भुषाल प्रमुख अतिथि रहनु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कृष्ण गिरि र नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडा विशिष्ट अतिथि रहनु भएको थियो ।

प्रतियोगितामा रेडियो त्रिवेणी बाट सहभागी हेमराज रिमाल र प्रतिमा तामाङ प्रथम, नमस्ते टेलीभिजनबाट सहभागी रवि अधिकारी र विनोद खराल द्धितिय , कायाकैरन दैनिकबाट हरि पौडेल र विजय विश्वकर्मा तृतिय भएको कार्यक्रम संयोजक सुर्यभक्त अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा नारायगढ जेसिजका पूर्व अध्यक्ष सिनेटर सुदिप सिंह अधिकारी, पूर्व अध्यक्ष अर्जुन अधिकारी, प्रेस संगठनका केन्द्रिय सदस्य शालिग्राम नेपाल, प्रेस चौतारी चितवनका अध्यक्ष तीर्थ नेपाल, पे्रस युनियन अध्यक्ष अनिल ढकाल लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम नारायणगढ जेसिजका वर्ष २०१९का अध्यक्ष विकासमान श्रेष्ठको अध्यक्षतामा समपन्न भएको थियो ।

शेयर गरौ

ताजा अपडेट