नारायणहिटी राजदरबार हत्याकाण्ड भएको १८ वर्ष पूरा, घटना अझै रहस्यमै

काठमाडौं, १९ जेठ  :

नारायणहिटी दरबार हत्याकाण्ड भएको १८ वर्ष पूरा भएको छ ।

२०५८ जेठ १९ शुक्रबार राति तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो।नेपालको इतिहासमा यसलाई कहालीलाग्दो घटनाका रूपमा लिइन्छ । नियमित पारिवारिक जमघटका क्रममा तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारका १० जनाको हत्या भएको थियो। घटनामा राजा वीरेन्द्रसँगै रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन र अधिराजकुमारी श्रुति मारिएका थिए ।

यस्तै अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको हत्या भएको थियो । कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए। तत्कालीन राजा ज्ञानेन्द्रको निर्देशनमा गठित उच्चस्तरीय छानबिन समितिले युवराज दीपेन्द्रले हत्या गरेको प्रतिवेदन पेश गरेको थियो ।

त्यसपछि पनि दरबारसँग सम्बन्धित व्यक्तिहरूले पुस्तक प्रकाशन गरी दीपेन्द्रले नै हत्याकाण्ड मच्चाएको दाबी गरे पनि धेरै नेपालीले यसलाई विश्वास गरेका छैनन् ।

वीरेन्द्रको वंशनाश भएपछि राजा भएका ज्ञानेन्द्र शाह भएका थिए। उनी जनआकांक्षाअनुरूप चल्न नसक्दा २०६२\६३ सालको आन्दोलनले मुलुकबाट राजतन्त्र हट्न पुग्यो।

शेयर गरौ

ताजा अपडेट