युवा ब्यवसायी एवम् समाजसेवी राजु श्रेष्ठद्वारा रंगशालालाई एकलाख प्रदान

चितवन समाचारडटकम, १८ जेठ ।
चितवनका युवा ब्यवसायी एवम् समाजसेवी राजु श्रेष्ठले निर्माणाधिन गौतम वुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई एक लाख रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ ।
रंगशाला निर्माणस्थलमा आज एक औपचारिक कार्यक्रमका बिच श्रेष्ठले एकलाख रुपैयाँको चेक धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई हस्तान्तरण गर्नुभयो ।
राष्ट्रिय गौरवका रुपमा लिइएको यस रंगशाला निर्माणमा सहयोग गर्न पाँउदा आफुलाई अत्यन्त सन्तुष्टी र खुसी मिलेको श्रेष्ठले प्रतिक्रिया दिनुभयो । श्रेष्ठ उद्योग वाणिज्य संघ चितवनका निवर्तमान वरिष्ठ उपाध्यक्ष समेत हुनुहन्छ ।

शेयर गरौ

ताजा अपडेट