चितवन, १७ जेठ । साहसिक खेलका रुपमा परिचित ¥याफ्टिङमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ ।
केही वर्ष अगाडि मात्रै विदेशी पर्यटकको सख्या धेरै हुने गरेको यस क्षेत्रमा आन्तरिक पर्यटकको सख्या वृद्धि हुन थालेको यस क्षेत्रका व्यवसायीहरुले बताएका छन् । ¥याफ्टिङको लागि नेपालका नदीहरु मध्य सबैभन्दा सुरक्षित त्रिशुलीमा अहिले नेपालीहरुको भिड लाग्न थालेको छ ।
दश वर्ष अगाडि मात्रै विदेशी पर्यटकको सख्या धेरै हुने गरेकोमा अहिले नेपालीहरुले भरिन थालेको कुरिनटार नजिकै रिभर फनका व्यवस्थापक सुवास अधिकारीले जानकारी दिनु भयो । नेपालीहरु थोरै सख्यामा आउने गरेका थिए उहाले भन्नु भयो केही वर्ष यता हरेक दिन नेपालीहरु ¥याफ्टिङ गर्न आउने गरेका छन् ।
सन् १९९७ देखि ¥याफ्टिङ व्यवसायी गर्दै आउनु भएका अधिकारीले दीर्घकालिन रुपमा पर्यटक आउने वातावरण बनाउन ¥याफ्टिङको लागि नदीहरु प्रदुषित हुन बाट जोगाउनु पर्दछ । अहिले नदी प्रदुषणले गर्दा ¥याफ्टिङ गर्न आउने विदेशी पर्यटकको सख्या घट्न थालेको उहाले बताउनु भयो ।
नेपाल अफ एशोसियसन ¥याफरटिङ एजेन्सीका पूर्व अध्यक्ष नानीकाजी थापाले भन्नु भयो ‘नेपाल आउने पर्यटक मध्य १५ वर्ष अगाडि १० प्रतिशतले ¥याफ्टिङ खेल्ने गरेका थिए ।’ तर केही वर्ष अगाडिदेखि यसको प्रचार र नदी प्रदुषणले विदेशीको सख्यामा कमी आएको छ । नेपाली पर्यटकको सख्या बृद्धि भएको उहाले बताउनु भयो । यकिन सख्या भन्न नसकिएपनि हरेक वर्ष खेल्न आउनेको सख्या बृद्धि भएको छ ।
¥याफ्टिङका लागि स्कुल अफ हेल्थ साइन्स भरतपुरबाट जानु भएकी संगीता अधिकारीले भन्नु भयो पहिलो पटक अनुभव लिए ज्यादै रमाइलो लाग्यो । हेल्थ साइन्सबाट २१ जनाको टोलीनै ¥याफ्टिङको लागि गएका थिए ।
चितवन पर्यटन विकास समितिका महासचिव विश्व सुवेदीले भन्नु भयो ‘यहाँका नदीमा जलयात्राको सम्भावना प्रसस्त छ, हामीले प्रचार प्रसार गरे धेरै पर्यटक भित्राउन सकिन्छ ।’ त्रिशुली, नारायणी नदीमा पानी जहाज चलाउने तयारी छ । योसंगै ¥याफ्टिङ, पानीसंग सम्बन्धित अन्य खेलहरु सञ्चालन गर्न सके विदेशी पर्यटक यहाँ धेरै आउँछन् । महासचिव सुवेदीले भन्नु भयो ‘जलयात्राको प्रसस्त सम्भावना भएको चितवनका नदीलाई अहिलेदेखिनै जोगाउन तर्फ लाग्नु पर्ने हुन्छ ।’
त्रिशुली नदीमा ¥याफ्टिङ गर्न आउने पर्यटकहरुमा उरुग्वे, बेल्जियम, चाइजिन, भारतीय रहेका छन् । ¥याफ्टिङको लागि त्रिशुली नदीमा मात्रै सञ्चालन गर्न २० वटा कम्पनीहरुले अनुमती लिएर काम गर्दै आएका छन् भने नेपालमा ८६ वटा कम्पनीहरुले ¥याफ्टिङको अनुमती लिएर काम गरिरहेका छन् ।


