रंगशालाको बार भत्काउनेलाई कार्वाही गर्न काँग्रेस चितवनको माग

चितवन १६ जेठ । चितवनको मंगलपुरमा निर्माण हुन लागेका क्रिकेट रंगशालाको वार भत्काउनेलाई कडा कार्वाही गर्न नेपाली काँग्रेस चितवनले माग गरेको छ ।
काँग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठद्वारा आज जारी विज्ञप्तिमा अराजक तत्वबाट गरिएको हिंसात्मक कामको घोर भत्सना गरिएको छ । नेपालकै गौरव संरचना निर्माणको क्रममा रहेकोमा त्यसलाई वाधा पुग्नेगरी पर्खाल भत्काएको भन्दै दोषी उपर कार्वाहीको माग गरिएको हो ।
घटनमा संलग्न जो सुकै भएपनि कानुनी दायरामा ल्याएर सजाय दिन माग गरिएको छ । घटनाको घोर भत्सना गरिन्छ विज्ञप्तिमा भनिएको छ । काँग्रेसले राष्ट्रिय गौरवका यस्ता निर्माण कार्यमा सदा सहयोग र समर्थन रहने जनाएको छ ।
धुर्मुस सुन्तली फाउण्डेशनले रंगशालाको डीपीआर निर्माण हुनु अघि अहिले तारवार गर्ने मैदान सम्याउने काम गरिराखेको छ । यही क्रममा बाटोको वहाना वनाएर बुधबार विहान नेकपाका स्थानीय नेता प्रकाश कँडेलको नेतृत्वको एक समूहले डोजर लगाएर बार भत्काएको थियो । दोषी कडेल सहित १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएर कार्वाको प्रकृया अगाडि वढाएको छ ।

शेयर गरौ

ताजा अपडेट