रंगशालाको बार भत्काउनेमाथि कानुनी कार्वाही शुरु, दोषीबाटै नोक्सानीको रकम असुल्न माग

चितवन १६ जेठ । चितवनमा निर्माण भइराखेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काउनेहरुलाई हदैसम्मको कार्बाही गर्न सर्वपक्षीय एक भएका छन् ।
उत्पन्न परिस्थितिपछि आज भरतपुर महानगरपालिकामा भएको छलफलमा राजनीतिक दल, सुरक्षा निकाय सम्वन्धित क्षेत्रका प्रतिनिधि बीच भएको छलफलमा दोषीलाई कुनै वहानामा उम्कन नदिइ कार्बाही गर्न तयार भएको हो । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आपराधिक काम गर्नेलाई पार्टीले संरक्षण नगर्ने बताउनु भयो ।
नेपालको गौरव बोकेको रंगशाला निर्माणका क्रममा बार भत्काएर अपराध गर्नेलाई प्रचलित कानुनले दिएको हदैसम्मको कार्बाही गर्न आफूले निर्देशन दिएको बताउनु भयो । अपराध गर्ने व्यक्ति कुनै पार्टीको हुदैन त्यो अपराधी हुन्छ त्यसैले कार्बाही गरिनु पर्दछ ।
३ नं. प्रदेशका सांसद विजय सुवेदीले कमिसन खाने उद्देश्यले गरिएको आपराधिक कार्यको दोषीलाई कुनै बहानामा उम्कन दिन नहुने बताउनु भयो । कानुनले दिएको अधिकार प्रयोग गरेर कार्बाही गर्नु पर्नेमा जोड दिनु भयो । राक्षसी प्रवृति भएका अन्य व्यक्तिलाई पनि नियन्त्रणमा लिएर कार्बाहीको लागि माग गर्नु भयो ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतले बार भत्काउने मुख्य दोषी प्रकास कडेललाई राति ११ बजेनै नियन्त्रणमा लिएर कार्बाही प्रकृया अगाडि बढेको जानकारी दिनु भयो । कुनै पनि शक्तिको आडमा अपराधिलाई नछाड्ने भन्दै उम्कन नसक्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । ‘दवाव प्रभावमा पर्ने छैनौ, आफ्नो पेशाबाट हात धुनु परेपनि अपराधीलाई कार्बाही गर्न तयार छौ ’ उहाले भन्नु भयो ‘कानुनले दिएको उच्चतम व्यवस्थालाई टेकेर कार्बाही हुन्छ ।’
मुख्य दोषीबाटनै अहिलेको क्षती असुल उपर गर्ने उहाले जानकारी दिनु भयो । घटनामा क्षती भएका सामग्रीको लगत संकलन गरेर मुख्य दोषीबाट नै असुल गराउन आफू प्रतिवद्ध भएको बताउनु भयो । घटनामा संलग्न भएका अन्य दोषीलाई पनि नियन्त्रणमा लिने काम भइराखेको प्रजिअ बस्नेतले बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका प्रमुख दानबहादुर मल्लले कुनैपनि बहानमा अपराधी उम्कन नसक्ने बताउनु भयो । जागिर जाने दवाव आएमा समेत वास्ता नगरी अपराधीलाई कठघरामा राखिने प्रतिवद्धता जनाउनु भयो ।
भेलामा नेकपाका अध्यक्ष यमबहादुर परियारले घटनाले आफूलाई ज्यादै दुसी बनाएको भन्दै मुख्य दोषीलाइ कार्बाही गर्न आफ्ने पार्टीले सहयोग गर्ने बताउनु भयो । पार्टीबाट निलम्बनमा समेत पारिसकेकाले कानुनले दिएको अधिकार प्रयोग गरे आफ्ने पार्टीबाट कुनै दवाव नदिने जानकारी गराउनु भयो । पार्टीबाट कार्बाही समेत गरिसकेको बताउनु भयो ।
नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले आपराधी काम गर्नेलाई राजनीति आडमा छुटाउन नहुने बताउनु भयो । आफ्नो वा अर्काको पार्टीका व्यक्ति भएपनि अपराध गर्नेलाई कार्वाही गरिने बताउनु भयो । धुर्मुस सुन्तली फाउडेशनको अगुवाईमा भएको रंगशाला निर्माणमा आएको यस्ता अपराधले विचलन ल्याउन सक्ने भन्दै चिन्ता गरिएको थियो । भेलामा फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल र उपाध्यक्ष कुञ्जना घिमिरेले रंगशालाको बारमा भन्दा पनि जनताको मुटुमा डोजर चलाएको बताउनु भयो । निस्वार्थ रुपमा समाजसेवामा लागेको बेला अपराधिक काम गर्ने उपर कार्वाहीको माग गर्नु भयो ।

शेयर गरौ

ताजा अपडेट